Skip to main content

पाठ ४ - मधु मालतीको कथा (कक्षा १२)

पाठ ४ - मधु मालतीको कथा (कक्षा १२)

बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् । बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ । काठमाडौँ वरिपरिको परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का कथामा वर्गीय द्वन्द, असमानता, अन्धविस्वास जस्ता विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ । सामाजिक यथार्थको धरातलमा बालमानोविज्ञानलाइ प्रस्तुत गरिएको यस मधु मालतीको कथामा वर्गीय विभेद, जातीय असमानता र बालमस्तिस्कलाई प्रस्तुत गरिएको छ । नेपाली समाजमा विद्ध्यमान वार्गभेदको अवस्थालाई कथामा शंकर र गौरीको परिवार बाट प्रस्तुत गरिएको छ l विपन्न वर्गीय समाजको मर्म र वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यस कथामा बाल मनको सुक्ष्म विस्लेषण गरिएको छ । अबोध बालसंसारमा बाधक भएर उभिने समाजको विभेदपूर्ण संरचना प्रति कथाकार आक्रोशित पनि भएका बुझिन्छन् । उच्च वर्गीय समाजको दमनकारी मनोवृत्ति कथामा प्रस्तुत गर्दै लोक कथाको पृष्ठभूमिमा नेपाली समाजको भेदभावपूर्ण अवस्थालाई कथामा चित्रण गरिएको छ


समाजमा असमानता र वर्ग विभाजन भएपनि बाल मस्तिस्कले त्यसको बोध नगर्ने कुरालाई कथामा शंकर र गौरीको घनिष्ट सम्बन्धबाट पुस्टि गरिएको छ । बालबालिकाले लौकिक र अलौकिक सन्दर्भ र अपरिपक्व मानसिकताले ठुलो र सानो रुपको भेदभाव महसुस गर्न नसक्ने मनोवैज्ञानिक सत्यका कथामा संकर र गौरी मार्फत प्रस्तुत गरिएको छ । कथाको जस्तै मधुकरको बासुरीबाट मालतीरुपी गौरीलाई बोलाउन चाहनु, आफ्नी आमा संग घोडाको माग गर्नु, मधुकरले जस्तै साहसी काम गर्न उत्प्रेरित हुनु, गौरीको सम्पन्नताको बोध नहुनु, आदि संकरको मनोदशा हो भने मालतीझैं मधुकररुपी संकरलाइ पारिवारिक विरोध भएपनि सकेसम्म साथ दिनु, बादलपारीको सहरमा जाने इच्छा गर्नु, आफ्नै फुपुदिदिलाई बोक्सी बुढी भन्नु, आदि गौरीको बाल मनोदशा हो । यसरी दुइ बालपात्रको मानसिक अवस्थालाई कथामा देखाइएकोले यो कथा बाल मनोबैज्ञानिक कथा हो भन्न सकिन्छ ।


सामन्ती वर्गले गरिब वर्ग प्रति गर्ने रुखो व्यवहारलाई कथामा प्रस्तुत गरिएको छ । गौरीको परिवारले संकर्लाई गरेको अपमान, तिरस्कार र घ्रिनाले सम्पन्न वर्गको क्रूर,अविवेकी र अमानवीय सामाजिक यथार्थलाइ प्रस्तुत गरेको छ । धनी वर्गले गरिबलाई मान्छेनै नठान्ने, धनीको छोराछोरीसंग हेलमेल नै गर्न न हुने अन्याय पूर्ण सामन्ती सोच कथामा गौरी र संकरको घनिष्टतालाइ टुक्रा पारिदिएबाट प्रस्ट हुन्छ l त्यसैगरी गरीबको छोरो संकरसित बढेको मित्रतालाई वियोगमा पुर्याउन गौरीका परिवार बसाइ नै सरेको यथार्थता पनि कथामा प्रस्तुत गरिएको छ । गरिबको चाहना, इच्छा , आकांक्षा, सम्पन्न वर्गको दमनले पुरा न हुने तथ्य लाइ कथामा संकरको घोडालाइ गौरीको मोटरले किचीमिची पारिदिएको प्रसंगले पुस्टि भएको छ । यसमा फुपुदिदिको गालीले गर्दा संकर सिकिस्त रुपमा बिरामी पर्नुले पनि यस कथाको मनोवैज्ञानिक पक्षलाइ दर्साएको छ ।

Comments

Popular posts from this blog

रुपायन: लिङ्ग, वचन, परुष र आदर- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

रुपायन : लिङ् ग , व च न , प रुष र आदर लिङ्गका आधारमा वाक्य   परि वर्तन ( रुपायन ) पुलि ङ्गबाट स्त्रि लिङ्गमा परि वर्त न ग र्दा वा स्त्रिलिङ्गबा ट पु लि ङ्गमा परि व र् तन ग र् दा , क र् ता र क्रि या परि व र्त न ग र्नु प र्छ । साथै क र्ता ले लिने विशे षणलाई पनि क र्ता अ नु सार परि वर्त न ग र्नु प र्छ । लिङ्ग परि व र्त न ग र्दा वचन , प रु ष वा आदर परिवर्तन गर्नुहुदैन । लिङ्ग ( का आधारमा ) परिवर्तनका के ही उदाहरण ह रू य स प्रकार छ नः क . उसको भाइ घरम छ । ( स्त्रि लिङ् ग ) = उसकी बिहनी घरम छे । ख . उ नी मिहिनेती छिन । ( पुलिङ्ग ) = उ नी मिहिनेती छन् । वचनका आधारमा वाक्य परि वतन वचनका आधारमा वाक्य परि व र् तनका केहि उदाह र णहरु य स प्रकार छ न : क . ऊ गीत गा उँछ । ( बह वचन ) =   ऊ गीत गाउ छ। ख . मरी बिहनीका साथी सा॑ असल छन । ( एक वच न ) = मरी बिहनीका साथी सा ह्रै असल छ न । = मरी बिहनीकी साथी सा ह्रै असल छ । ग .   मेरा काका का छोर...

शब्दवर्ग- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान,

शब्द व र्ग शब्द वर् ग चिन्ने आधार शब्दव र्ग ९ प्रकारका हुन्छन ,   विकारी र अिवकारी ग रे र शब्द वर्ग लाई   दु ई प्रकारमा विभाजन गिर तलको   तालिकामा   प्रस्तु त   गिरएको   छ। विकारी   शब्द अविका री   शब्द नाम , स र् व ना म , वि शे षण , क्रिय प द क्रिया यो गी ,   नामयो गी , सं यो ज क , विस्मयादि बोधक, निपात १ .      नाम : क .   नाम शब् द ' को ' र ' के ' प्रश्नको उत्तरका रुपमा आउछ र ना मका प छाडि ' ले ' र ' लार्इ ' जस्ता विभिक्तहरु जो डि न्छ न । जस्तै को ? अिनल , सीता , रमश के ? दश , पा नी , सगरमाथा , दया , ले - दे शले ला र्इ - अिनललाई ख . नाम शब्द ले व्यक्ति, जा ति , स मु ह , वस्तु , पदा र् थ , ठाउँ र भाव आदिको परिचय दि न्छ ।   जस्तै रति या , सो नवा , पम्बा ,   दो ज , रमे श , दश , सगरमाथा , ललि तपु र , परे वा , गाई , मानिस , नु न ,   पा नी, चा म ल , ग ण , ज न्ती , झप्पो , काठ , दया , म...

शव्दका प्रकारः- कक्षा १२ काे अनिवार्य नेपालीकाे समाधान

शव्दका     प्रकार शव्दको वर्गि क र ण : श व्दको वर्गि क र ण स्रोत , का र् य वा रुपायन र बनोट गरी तिन आधारमा गिरन्छ। स्रोतका आधारमा   शव्दको वर्गि करण : स्रोत भनेको शब् द प्राप्त गर्ने ठाऊ हो। स्रोतका आधारमा तत्सम ,   तदभव र आगन्तु क गरि शब्द   तिन प्रकारका छ न । तत्सम     शब्द :   नपाली   भाषाको मु ल   स्रोत   संस्कृत   हो   । त्यसै ले संस्कृतबाट   रुप   परि व र्त न   नभई   जस्ताको त्यस्तै ने पालीमा आएका शब्दहरु त त्स म मु न । तत्सम शव्दको व र्णवि न्यास संस्कृत अ नु सार नै ह न्छ । ने पालीमा उच्चारण   नहु ने ञ , ण , श , ष , क्ष त्र , ज्ञ , ऋ , श्री वर्णहरूको योग संस्कृत वा तत्सम शब्दमा मात्र हु न्छ। जस्तै : ऋण , कृषि, अग्नि आदि। तदभव शब्द : संस्कृतबाट प्राकृत हु दै रुप फिरएर नेपालीमा आएका शब्दहरु तदभव हन। तदभव शव्दको   व र्णवि न्यास नपाली व र्णवि न्यासको नियम अ नु सार हु न्छ ।  ...