पाठ ४ - मधु मालतीको कथा (कक्षा १२) बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् । बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ । काठमाडौँ वरिपरिको परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का कथामा वर्गीय द्वन्द, असमानता, अन्धविस्वास जस्ता विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ । सामाजिक यथार्थको धरातलमा बालमानोविज्ञानलाइ प्रस्तुत गरिएको यस मधु मालतीको कथामा वर्गीय विभेद, जातीय असमानता र बालमस्तिस्कलाई प्रस्तुत गरिएको छ । नेपाली समाजमा विद्ध्यमान वार्गभेदको अवस्थालाई कथामा शंकर र गौरीको परिवार बाट प्रस्तुत गरिएको छ l विपन्न वर्गीय समाजको मर्म र वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यस कथामा बाल मनको सुक्ष्म विस्लेषण गरिएको छ । अबोध बालसंसारमा बाधक भएर उभिने समाजको विभेदपूर्ण संरचना प्रति कथाकार आक्रोशित पनि भएका बुझिन्छन् । उच्च वर्गीय स...
'National Examinations Board is the board that organizes the Higher Secondary examination and education in Nepal. It is transformed from previous Higher Secondary Education Board according to the Education Act of 2073 B.S.