Skip to main content

Posts

Showing posts from 2018

पाठ ४ - मधु मालतीको कथा (कक्षा १२)

पाठ ४ - मधु मालतीको कथा (कक्षा १२) बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् । बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ । काठमाडौँ वरिपरिको परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का कथामा वर्गीय द्वन्द, असमानता, अन्धविस्वास जस्ता विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ । सामाजिक यथार्थको धरातलमा बालमानोविज्ञानलाइ प्रस्तुत गरिएको यस मधु मालतीको कथामा वर्गीय विभेद, जातीय असमानता र बालमस्तिस्कलाई प्रस्तुत गरिएको छ । नेपाली समाजमा विद्ध्यमान वार्गभेदको अवस्थालाई कथामा शंकर र गौरीको परिवार बाट प्रस्तुत गरिएको छ l विपन्न वर्गीय समाजको मर्म र वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यस कथामा बाल मनको सुक्ष्म विस्लेषण गरिएको छ । अबोध बालसंसारमा बाधक भएर उभिने समाजको विभेदपूर्ण संरचना प्रति कथाकार आक्रोशित पनि भएका बुझिन्छन् । उच्च वर्गीय स...

पाठ ३ - आइमाई साथी (कक्षा १२)

पाठ ३ - आइमाई साथी (कक्षा १२) प्रगतिशील, प्रगतिवादी, साहित्यकार श्यामप्रसाद शर्मा सामाजिक शोषण, उत्पीडन, कुरीति, रुढिवादी, अन्धबिस्वास विरुद्ध कलम चलाउने सशक्त निबन्धकार हुन् । राष्ट्रप्रेम, मlनबतावाद, समानता,विभेदको अन्त्य जस्ता बिषय लाई निबन्धको विषयवस्तु बनाउने निबन्धकार शर्माका निबन्धमा समाज सुधार र सोषण, आन्याय, अत्याचारको बिस्वब्यपी चिन्तन गरिएको पाइन्छ । यथार्थ बिषय लाई अख्यानात्मक रुप दिने निबन्धकार शर्माको निबन्धका भाषा शैली आकर्षक, प्रभावकारी र रोचक भएको पाइन्छ । ‘तँ, तिमी, तपाईं, हजुर’ निबन्धसंग्रहमा संग्रहित यस आइमाई साथी निबन्धमा नारी समानता र स्वतन्त्रतालाई मूल बिषय बनाइएको छ । आइमाई साथीको महत्व दर्सौदै नारीप्रतिको सामाजिक विभेद, असमान व्यवहार र लैंगिक समानताको पक्षमा निबन्ध केन्द्रित रहेको छ । नाता नपर्ने महिला संग पुरुषले मित्रता गास्न पुगे समाज बिरोधि हुने र महिला र पुरुषको मैत्री सम्बन्धमा कालो पर्खालको रुपमा सामाजिक सोच खडा हुने जस्ता संकीर्ण विचारप्रति आक्रोश सहित व्यंग्यात्मक प्रस्तुति निबन्धमा निबन्धकारले प्रस्तुत गरेका छन् आडम्बरी देखावटी प्रवृतिल...

पाठ २ - छिमेकी (कक्षा १२)

पाठ २ - छिमेकी (कक्षा १२) प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली सामाजिक यथार्थवादी कथाकार हुन् l नेपाली समाजका वास्तविक घटनालाई कथाको विषयवस्तु बनाउने कथाकार मैनाली घटना प्रधान कथा लेख्ने कथाकार हुन् । ग्रामिण अशिक्षित परिवेश लाई अत्यन्त सजिब ढंगले प्रस्तुत गर्ने कथाकार मैनालीका कथामा मार्मिकता, हार्दिकता, मानबियता, र जिवन्तता प्रस्तुत भएको पाइन्छ l नेपाली जनजिब्रोमा उखान टुक्का थेगोलाई उपयुक्त पत्र द्वारा अनुकुल परिबेशमा प्रस्तुत गर्ने हुनाले मैनालीका कथामा स्वाभाविकता, रोचकता र आकर्शकता पाइन्छ । सरलता, सहजता उनका कथाका विशेषता भनेर चिनिन्छ । ११ वटा कथाको संग्रह ‘नासो’को एउटा कथा छिमेकी पनि हो । सामाजिक यथार्थवादी धरातलमा प्रस्तुत भएको यस छिमेकी कथाको सिर्शक १ शब्दबाट निर्मित छ l छिमेकी भनेका नजिकै बसोबास गर्ने व्यक्ति भन्ने बुझिन्छ कथाकारले कथाका प्रमुख पlत्रहरु गुम्ने र धन्जिते मार्फत कथाको सन्देस ब्यक्त गरेका छन् । समाजमा घट्ने घटनालाई बिषय वस्तु बनाइ छिमेकीको दायित्व र भूमिका लाइ यहाँ प्रस्तुत गरिएको छ । बोलचाल नभएको अशक्त छिमेकीलाई मानबिय नाताले सेवा गरेको छ । एउटा छिम...

पाठ - १, नेपालै नरहे (कक्षा १२)

पाठ - १, नेपालै नरहे (कक्षा १२) झ्याउरे लयमा रचना गरिएको यस ‘नेपालै नरहे’ कविता राष्ट्र कवि माधवप्रसाद घिमिरेको उच्चस्त्रवादि स्वर घन्किएको कविता हो l नेपाली माटो, नेपाली प्रकृति, विरता, संस्कृति जस्ता विषय माथि प्रकाश पार्दै नेपाल र नेपालीको परिचय कवितामा प्रस्तुत गरिएको छ । हिमालको काखमा अवस्थित यस सुन्दर आकर्षक देश नेपाललाई आर्थिक सामाजिक उन्नतिले सजाउनु पर्ने संदेश कवितामा भेटिन्छ l तराईको उर्वरता, हिमालको स्वच्छता, नेपालीको मौलिकता, नेपाली र नेपालको चिनारी भनि नेपाललाई संसारकै सर्वोत्क्रिस्ट र सर्वोच्च भूमिको रुपमा कविले प्रस्तुत गरेका छन् । नेपाली संस्कृति, परम्परा, चाडपर्व, भाकामा नेपाली रम्ने राष्ट्रिय भlब ब्यक्त गर्दै हाम्रा पुर्खाको बलिदान, समर्पण, त्याग युग्युगंतर सम्म रहिरहने कवितामा भनिएको छ । चेतना, शिक्षा,सभ्यता धर्तीमा पुर्व बाट सुरु भएकोले र हामी पूर्वका बासिन्दा हुनाले गौरवको अनुभव कवितामा प्रस्तुत भएको छ । राष्ट्र को चिनारी अस्तित्व भए मात्र देशबासी परिचित हुने भावलाइ प्रस्तुत गरिएको छ । देशको भूगोलमा रहेको स्थानको आ आफ्नै महत्व हुने कुरा लाई प्रस्तु...