पाठ ४ - मधु मालतीको कथा (कक्षा १२) बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् । बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ । काठमाडौँ वरिपरिको परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का कथामा वर्गीय द्वन्द, असमानता, अन्धविस्वास जस्ता विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ । सामाजिक यथार्थको धरातलमा बालमानोविज्ञानलाइ प्रस्तुत गरिएको यस मधु मालतीको कथामा वर्गीय विभेद, जातीय असमानता र बालमस्तिस्कलाई प्रस्तुत गरिएको छ । नेपाली समाजमा विद्ध्यमान वार्गभेदको अवस्थालाई कथामा शंकर र गौरीको परिवार बाट प्रस्तुत गरिएको छ l विपन्न वर्गीय समाजको मर्म र वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यस कथामा बाल मनको सुक्ष्म विस्लेषण गरिएको छ । अबोध बालसंसारमा बाधक भएर उभिने समाजको विभेदपूर्ण संरचना प्रति कथाकार आक्रोशित पनि भएका बुझिन्छन् । उच्च वर्गीय स...
पाठ ३ - आइमाई साथी (कक्षा १२) प्रगतिशील, प्रगतिवादी, साहित्यकार श्यामप्रसाद शर्मा सामाजिक शोषण, उत्पीडन, कुरीति, रुढिवादी, अन्धबिस्वास विरुद्ध कलम चलाउने सशक्त निबन्धकार हुन् । राष्ट्रप्रेम, मlनबतावाद, समानता,विभेदको अन्त्य जस्ता बिषय लाई निबन्धको विषयवस्तु बनाउने निबन्धकार शर्माका निबन्धमा समाज सुधार र सोषण, आन्याय, अत्याचारको बिस्वब्यपी चिन्तन गरिएको पाइन्छ । यथार्थ बिषय लाई अख्यानात्मक रुप दिने निबन्धकार शर्माको निबन्धका भाषा शैली आकर्षक, प्रभावकारी र रोचक भएको पाइन्छ । ‘तँ, तिमी, तपाईं, हजुर’ निबन्धसंग्रहमा संग्रहित यस आइमाई साथी निबन्धमा नारी समानता र स्वतन्त्रतालाई मूल बिषय बनाइएको छ । आइमाई साथीको महत्व दर्सौदै नारीप्रतिको सामाजिक विभेद, असमान व्यवहार र लैंगिक समानताको पक्षमा निबन्ध केन्द्रित रहेको छ । नाता नपर्ने महिला संग पुरुषले मित्रता गास्न पुगे समाज बिरोधि हुने र महिला र पुरुषको मैत्री सम्बन्धमा कालो पर्खालको रुपमा सामाजिक सोच खडा हुने जस्ता संकीर्ण विचारप्रति आक्रोश सहित व्यंग्यात्मक प्रस्तुति निबन्धमा निबन्धकारले प्रस्तुत गरेका छन् आडम्बरी देखावटी प्रवृतिल...